भौगोलिक बिकटता, ज्ञानको कमि, उचित आहारबिहारमा देखिएको कमि लगायतका समस्याहरु भोग्दै आएका दैलेखका दुर्गम स्थानमा बसोवास गर्ने आम नागरिकहरु अहिले पनि सरकाले दिने अधिकारयुक्त सेवाहरु माग्न सक्ने अवस्थामा छैनन् । जिल्ला स्वास्थ्यको तत्थ्याँकमा उल्लेख गरिएको कुराले जिल्लामा धेरै बालबालिकाहरु दिनप्रतिदिन समस्या ग्रस्त बन्दै गएका छन् । अति कुपोषित १५ प्रतिशत बालबालिकाहरुको बारेमा अव गम्भिर भएर सम्वन्धित निकायहरुले सोच्नुपर्ने बेला आएको छ ।
यसले फेरी करोडौंको एनजिओमा काम गर्नेहरुलाई पनि समस्या बनाएको छ । बालबालिकाहरुको अधिकार लगायतका पोषण र अन्य क्षेत्रमा दैलेखमा काम गर्ने गैर सरकारी संस्थाहरुले बिवरण बनाउने काम मात्र भएको हो कि भन्ने प्रश्न पनि उठ्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले यस्तो समस्या समाधान गर्नका लागि केही नयाँ ठोस कदमहरु चाल्न सकेको खण्डमा भोलीका उज्जवल भविष्यका रुपमा रहेका बालबालिकाहरु र उनीहरुले पाउनुपर्ने अधिकार सहज हुन सक्छ । यो सँगै अन्य निकायहरुको पनि ध्यान जाने हो कि ?








